गण्डकीको बजेट ३५ अर्ब ९० करोड

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले चालुतर्फ १३ अर्ब २६ करोड ८८ लाख र पुँजीगततर्फ २२ अर्ब १४ करोड रुपैयाँकोबजेट बुधबार प्रदेशसभामा पेश गरेका हुन् । चालु आर्थिक वर्षमा भन्दा करिब ६ अर्ब बढी बजेट ल्याएका गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ ५० करोड, स्थानीय तहमावित्तीय हस्तान्तरणतर्फ २ अर्ब ११ करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षको बजेटको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ९२ करोड, राजश्वबाँडफाँडबाट प्राप्त ९ अर्ब २३ करोड, ससर्त अनुदानतर्फ ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक अनुदानतर्फ ८३ करोड, विशेष अनुदानतर्फ८६ करोड रुपैयाँ प्राप्त गर्ने अनुमान गरिएको छ  प्रदेशको आन्तरिक राजश्वबाट ५ अर्ब ९ करोड र रोयल्टी बाँडफाँडबाट ३२ करोड प्राप्त हुने अनुमान छ । चालु आर्थिक वर्षको वार्षिककार्यक्रममा २ अर्ब ७१ करोड रुपैयाँ खर्च हुन नसकेर मौज्दात रहने अनुमान गरिएको अर्थमन्त्री रामजी बरालले बजेट प्रस्तुत गर्दै बताए । आगामी आर्थिक वर्षको वार्षिक कार्यान्वयन गर्न २ अर्ब अपुग हुने देखिएको छ । चालु आर्थिक सरकारले ३० अर्ब ३ करोड रुपैयाँकोबजेट ल्याएको थियो । जसमध्ये जेठ सान्तसम्म ४३.७९ प्रतिशत बजेट खर्च भएको छ ।

वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन ।

२६ जेठ, काठमाडौं । वडाध्यक्षहरु नै अनुपस्थित भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका वैठक बस्न सकेन । बिहीबार दिउँसो २ बजे बोलाएको वैठकमा वडाध्यक्षहरु नआएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल भन्छन्, ‘वडाध्यक्षहरु हिँड्नुभयो । कोरम नपुगेपछि मेयरले वैठक स्थगित गर्नुभयो ।’ धरानमा मेयरबाहेक २७ जना कार्यपालिका सदस्य छन् । बैठकमा नगएका वडाध्यक्षहरुले भने आफूहरुलाई धरान विरोधीका रुपमा प्रस्तुत गरेको गुनासो गर्छन् । कार्यपालिकाको बैठक बस्नेबेला उपमहानगर अगाडि केहीले ‘खोला दोहोन गर्न पाईँदैन, धरान मास्न पाइदैन, हर्क साम्पाङ्ग जिन्दावाद’ जस्ता नारा लेखिएकोप्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । ‘मेयर सा’बले १५–२० जना प्लेकार्डसहित उभ्याउनुभयो । हामीलाई धरान विरोधी जस्तो गरेर प्रस्तुत गरियो । उनीहरु नगएसम्मकार्यपालिका वैठक नबस्ने भन्यौं,’ एक सदस्य भन्छन्, ‘त्यतिबेलासम्म मेयर आउनुभएन। अनि हामी निस्कियौं ।’

पोखरा विमानस्थलमा ट्यांकर पल्टियो,उडान स्थगित

पोखरा, मंगलबार, १७ जेठ २०७९ । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि हवाइ उडान रोकिएको छ । पोखरा विमानस्थलका...

पहुँचका भरमा जहाजको टिकट वितरण, सर्वसाधारणलाई सास्ती

जाजरकोट । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने...

नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना

पोखरा, ११ जेठ २०७९ । सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरिएको छ । राष्ट्रपति...

सरकारी स्कुलका शिक्षक- कर्मचारीलाई दलीय आवद्धता त्याग्न नयाँ मेयरको सात दिने अल्टिमेटम

रुपन्देही । बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन...

भरतपुरमा रेणुको पहिलो निर्णय : सरकारी अस्पतालमा जन्मिने छोरीको जीवन बीमा, खानेपानी निःशुल्क

चितवन, बुधबार, ११ जेठ २०७९ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि नवनिर्वाचित नेकपा माओवादी केन्द्रकी रेणु दाहालले आज पदभार ग्रहण गर्नु...

विपद् सम्वन्धी पूर्वतयारीमा लाग्न जिल्ला प्रशासन कार्यालय गोरखाको निर्देशन

गोरखा, मंगलबार, १० जेठ २०७९ । जिल्ला प्रशासन कार्यालय गोरखाले वर्षा यामको समय बर्षा संगै आउने बाढी पहिरोका कारण जनधनको क्षति हुने...

महागढीमाईमा विजय जुलुस निकाल्ने क्रममा झडप, प्रहरीसहित १४ जना घाइते

बारा, सोमबार, ९ जेठ २०७९ । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसको विजय जुलुस निकाल्ने क्रममा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा...

धादिङमा थाक्रे बहेकको नतिजा यस्तो छ ?

धादिङ । जिल्लाको थाक्रे गाउँपालिकाको मतगणना जारी छ भने नीलकण्ठको ६ नम्बर वडामा मत बराबर भए पछि गोला प्रथाको लागि रोकिएको छ...

ताजा खबर