मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवारराजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए । मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मतखसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेले खोल्यो पहिलो खाता : प्रेमबहादुर महर्जन विजयी

प्रतिनिधि सभा सदस्यमा एमालेले पहिलो जित निकालेको छ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जनलेपहिलो जित निकालेका हुन् । उनी  १९ हजार ७३४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाल पार्टीका सुदिन शाक्यले १० हजार ४४० मतपाएका छन् । एमाले उम्मेदवार महर्जन विजयी भएको र यसबारे केही क्षणमा आधिकारिक रुपमा घोषणा गर्न लागेको निर्वाचन अधिकृत दिपशीखामुनकर्मीले रातोपाटीलाई जानकारी दिइन् ।

गोरखा–२ मा फराकिलो मतान्तरले अग्रता लिँदै प्रचण्ड

गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन् । पछिल्लो विवरण अनुसारकूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् ।  उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत र एमालेका अब्दुस मियाले ३३ मत पाएका छन् ।

भक्तपुर-२ मा महेश बस्नेतले लिए अग्रता

भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन्। उनले ६ हजार ८ सय २४ मत ल्याएका छन्। नेपाली कांग्रेसका दुर्लभ थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन्। अहिलेसम्म १९ हजार ७ सय ७९ मतगणना भइसकेको छ।

मुस्ताङका तीन सिटमा कांग्रेसको ‘क्लीन स्वीप’

पोखरा । मुस्ताङका १ प्रतिनिधिसभा सदस्य र २ प्रदेशसभा सदस्यमा कांग्रेसले बाजी मारेको छ । जिल्लामा एमालेले कम्तीमा २ सीट ल्याउने आंकलन...

ताजा खबर