काठमाडौं, फागुन ३० । अपराधिक क्रियाकलाप र चन्दा संकलनमा तिव्रता दिएपछि सरकारको प्रतिबन्धित परेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउनु आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको छ ।

पार्टी महासचिवसमेत रहेका चन्दले बुधबार बेलुकी विज्ञप्ति जारी गर्दै आफ्नो दललाई राजनीतिक मान्यता नदिने र आपराधिक घोषणा गरी गतिविधिमा प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई ‘हास्यास्पद’ भनेका छन् । विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।

यसैविच, सरकारले चन्द समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै प्रदेशभर सुरक्षा सतर्कता बढाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्