गोरखा, २०७५ साल फागुन २८ गते मंगलबार । १८ बर्षपछि घर फर्कदा परिवारमा खुशी र हर्ष छाएको छ, आजको दिनमा ।  गोरखा जिल्ला पालुङटार नगरपालिका सेराबेशी घर भइ बिगत लामो समयपछि घर फर्कनु भएको हो । ६६ बर्षिय दोज राज अधिकारी १८ बर्ष पछि घर फर्कदा पारिवारमा हर्ष र खुशी छाएको बि.पि पुडासैनीले सिमपानी न्युज लाई जानकारी दिनुभयो ।

बि स २०५२ सालमा म ५ बर्ष को हुदा पुजारीको रुपमा इन्डियामा काम गर्नु भएको भएको थियो । केहि बर्ष नेपाल आउने जाने गर्दै हुनुहुन्थ्यो । तर एक्कासी बिचमा नेपाल आउन छाड्नु भएको थियो । टेलिफोनको सुबिधा नभएको कारणले गर्दा पनि घरपरिवार, इस्ट मित्र, आफन्तजन लगायत साथीभाइ मार्फत खोजी गर्न पनि हामीलाई त्यो समयमा एकदमै गाह्रो भएको थियो । बुबा आउने बाटो हेर्दा हेर्दै हामी निरास भएका थियौ । कहिँकतैबाट पनि खबर नआएपछि हामीले बाद्य भएर माया मार्नु बाहेक केहि विकल्प  रहेन । हामी सबैले आशा मारेका थियौ ।

तर, एककासी गत आइतबार मलाई फोन आयो र हजुरबुवालाई छेपेटारमा लिन गए । सेतो-लामो दाह्री, सेतै फुलेका कापाल, चस्मा, अग्लो अग्लो, अलि मोटो बाटो छेउ उभिनु भएको मेरा हजुरबुवा देख्ने बित्तिकै हर्षित भए म र घरमा लिएर आउन सफल भए ।

शिब रात्रीको दिन पशुपतिमा दर्शन गरेर मात्र घरमा आउनुभयो । १८ बर्षपछि घर फर्कदा परिवारमा खुशी र हर्ष छाएको छ, उहाले भन्नुभयो  । अधिकारीका श्रीमती, २ छोरा र ४ छोरी छन् ।

(नाती बि पि पुडासैनी संग टेलिफोन मार्फत कुराकानीका आधारमा)

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्