पोखरा, फागुन २८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसग भएको सहमतिका विषयमा तीन दिनमै आफ्ना कुरा फेर्नुभएको छ ।

२६ गते म्याग्दी पुग्नु भएका देउवाले राउतसँग भएको सहमति सकरात्मक भएको प्रतिक्रिया दिनु भएको थियो । उहाले सरकारले गरेको सहमति सकरात्मक नै देखिन्छ भनेर भन्नुभएको थियो । राष्ट्र विखण्डन बाहेकका विषयमा वार्ता, सहमति गर्नु राम्रो कुरा हो’, देउवाले भन्नुभयो, ‘सरकारको यो प्रयासलाई सकारात्मक मान्नुपर्छ ।’ सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दको विषयमा विस्तृत बुझेर मात्र प्रतिक्रिया दिने बताउनु भएको थियो । अर्थात उहाले तत्काल कुनै प्रतिक्रिया दिनु भएन ।

तर, मंगलबार पोखरा आईपुग्नु भएका नेता देउवाले सो सहमति नै राष्ट्रघाती भएको बताउनु भएको छ । केही समुह सो सहमतिको विरोध गरिरहेपछि सो समुहको समर्थन पाउन उहाले तीन दिनमा कुरा फेर्नुभएको हो । ‘सिके राउतले नयाँ देश बनाउँछु भनिरहेको छ ।

यो मूलधारको राजनीतिमा आउने कुरा होइन रहेछ,’ देउवाले भन्नुभयो, ‘राष्ट्रघाट गरेका छन् वास्तवमा । सिकेले बोलेको कुरामा ओली (प्रधानमन्त्री केपी शर्मा ओली) ले खण्डन गर्नुपर्‍यो ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्