परासी, २७ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसंग सरकारले गरेको संझौताले विखण्डनकारी शक्तिलाई मान्यता दिएका कारण जनकपुरमा स्वतन्त्र मधेशको नारा लागेको बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नवलपरासीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले जनकपुरमा सिके राउतको उपस्थितीमा स्वतन्त्र मधेशको नारा लागेको विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘सिके राउतसंग सरकारले गरेको संझौताको भाषाका बारेमा सरकार बोल्दैन । जनकपुर पुगेर सिके राउत स्वतन्त्र मधेशको नारा लगाउछन् । अनि आम नागरिकले त्यो संझौताले स्वतन्त्र मधेशको नारा लगाउन छुट दिएको भनेर नबुझे के बुझ्ने ?’

वरिष्ठ नेता पौडेलले केपी ओलीले पटक पटक राष्ट्रवाद शब्दको दुरुपयोग गरेको समेत आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘केपी ओलीले आफु जतिको राष्ट्रवादी कोहि नभएको ढांग पिटेका थिए ।

आज उनका गतिविधीले के देखाइरहेको छ । अब मुलुकलाई कथित राष्ट्रवादी नारा लगाउने मान्छे होइन देशभक्त मान्छे चाहिएको छ ।’

कम्युनिष्ट सरकारका कारण एक वर्षको समय बेकाममा वितेको पौडेलले तर्क गर्नुभयो । उहाँले भन्नुभयो– ‘गएको एक वर्षमा मुलुकलाई समृद्ध बनाउने सवैभन्दा उत्तम समय थियो । तर केपी ओली जीले त्यो समयको दुरुपयोग गर्नुभयो । एक वर्षको समय वर्वाद भयो ।

ओलीले एकवर्ष पुगेको अवसरमा विकासको पूर्वाधारको बसाएको भन्नुभयो तर नेपालमा विकासको जग नेपाली कांग्रेसले बसाएको हो ।

त्यस्त्रो माओवादीको द्धन्द, राजनीतिक अस्थीरता हुँदा पनि कांग्रेसले विकासको आधारशिला खडा गरेको हो र तर आज दुईतिहाईको सरकार भएका समयमा खै के भएको छ । उहाँहरुले के को जग बसाउनुभयो ।’

विगतमा भन्दा ओली नेतृत्वको दुई तिहाईको सरकारका पालामा भ्रष्टचार बढेको बताउदै भन्नुभयो– ‘पहिले पहिले यति लाखको भ्रष्टचार भयो । भन्ने सुनिन्थ्यो तर अहिले अर्बको भ्रष्टचारको कुरा आउछन् ।

कम्युनिष्टहरुको बहुमत भएको लेखा समितिले वाइडबडिमा भ्रष्टचार भएको तथ्य सार्वजानिक गरेको छ । चिनि काण्ड, सुन काण्ड अहिले पंचायतकालमा जस्तै काण्डै काण्डको देश भएको छ ।’

कम्युनिष्टहरु राम्रा नारा दिएर जनतालाई ठगेर लोकतन्त्रको भ¥याङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजनामा रहेको पौडेलको भनाई थियो ।

उहाँले लोकतन्त्रको भ¥याङ चढेर अधिनायवाद र साम्यवादको मन्दिरमा पुग्ने योजना अन्तरगत भ्रष्टचार मार्फत आर्जेको पैसाको खोलो बगाएर सत्ता कब्जा गर्ने योजनामा रहेको आरोप लागउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्