म्याग्दी, २६ फागुन २०७५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केहिदिनअघि सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति सकारात्मक भए पनि बुदाँगत रुपमा थप अध्ययन गर्ने बताउनुभएको हो ।

दुवै पक्षबीच गरिएको सहमतिमा रहेको ‘जनअभिमत’को बुँदालाई आँफुले गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमत सङ्ग्रहको प्रयास भए पार्टीलाई मान्य नहुने उहाँले स्पष्ट पार्नुभयो । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने सरकारको प्रयास भने सकारात्मक रहेको देउवाको टिप्पणी छ ।

पार्टिभित्रको आन्तरिक किचलोबारे बोल्दै देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताउनुभयो । देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताउँदै सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टी विधान अनुसार चल्नुपर्ने भए पनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताउनुभएको छ ।

महासमितिको बैठकले पारित गरेका विषयप्रति पत्रकारले राखेको जिज्ञासामा देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्