काठमाडौं, फागुन २६ ।

ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले शनिबार विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताउँनुभयो ।

महाशाखाले शुक्रबार पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो।

महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्