काठमाण्डौं, २२ फागुन २०७५ । राष्ट्रिय योजना आयोगको ‘समृद्ध नेपाल, सुःखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा हुने गरी तय गरेको २५ वर्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रमाथि छलफल सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा हुने गरी तय गरिएको दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रमाथि अर्थविद्, योजनाविद्हरुसँग बुधबारबाट छलफल सुरु भएको हो ।

उच्च आर्थिक वृद्धिदर हासिल गरी नेपाली जनताको समृद्धि, समुन्नति र सुःखको चाहनालाई पूरा गर्न २५ वर्र्षे दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र तय गरिएको राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिनु भयो । आधार पत्रमा संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि गरिएको छ ।

आयोगले तयार पारेको सो आधार पत्रमा ‘समृद्ध नेपाल र सुःखी नेपाली’को मार्गचित्र पनि प्रस्तुत गरिएको छ ।

१५ औं योजनाको ५ वर्ष भित्र समृद्धि र सुःखको सृजना, १० वर्ष भित्र समृद्धि र सुःखमा तीव्रता तथा अर्को १० वर्षमा समृद्धि र सुःखको दिगोपनाका विषयमा जोड दिने पनि आधार पत्रमा उल्लेख गरिएको पनि आयोगका सहसचिव कोइरालाले बताउनु भयो ।

सोही सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुसँग परामर्श सुरु गरिएको पनि योजना आयोगले जनाएको छ । आयोगले तयार पारेको आधार पत्रमा प्रादेशिक र स्थानीय अर्थतन्त्र, व्यवस्थित तथा आधुनिक सहरीकरण, गुणस्तरीय मानव पूँजी निर्माण र पूर्ण उपयोग, जलविद्युत उत्पादन तथा हरित अर्थतन्त्र, गुणस्तरीय पर्यटन सेवा र कृषि, वन र उद्योगको उत्पादनमा उच्च वृद्धि गर्ने लक्ष्य राखिएको छ । सहसचिव कोइरालाले मुलुकलाई समृद्ध बनाउने सम्बाहकको रुपमा रहेका कृषि, वन, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा विशेष जोड दिएर अघि बढने योजना पनि आधारमा पत्रमा उल्लेख गरिएको बताउनु भयो ।

आयोगले मुलुकलाई समृद्ध बनाउन प्राकृतिक स्रोतहरुको उचित उपयोग गर्ने तथा सामाजिक, सांस्कृतिक पूँजीहरुको परिचालनमा पनि जोड दिने प्रस्ताव पनि आधार पत्रमा समावेश गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्