गोरखा, २० फागुन २०७५ । सिरानचोक गाउँपालिका-६ को कृष्णज्योती मा वि मा भौतिक विकासका लागि श्रीमद्धभागवत महापुराण सुरु भएको छ ।

महापुराणको गण्डकी प्रदेशका सांसद प्रकाश दुवाडीले उद्घाटन गर्नु भएको थियो । उहाले विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ दान गर्नु भएको थियो ।

कृष्ण प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति र विद्यालयको आयोजनामा महापुराण आयोजना गरिएको हो । महापुराणमा उषा घिमिरेले भागवत वाचन गर्ने कार्यक्रम तय गरिएको छ । महापुराण शुरु हुनुअघि विद्यालय बाट दरौदी शिवालयसम्म बाजा गाजा सहित कलश यात्रा भएको थियो ।

कार्यक्रम संयोजक भिम बगालेको अध्यक्षतामा भएको महापुराण उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नारायण दानी, नेकपाका नवराज पुडासैनी लगायतले मन्तब्य राख्नु भएको थियो ।

महापुराणबाट २५ लाख रुपैयाँ सकंलन गर्ने लक्ष्य रहेको प्रधानाध्यापक रुद्र भट्टले बताउनु भयो । विद्यालयको भवन निर्माण का लागि जग्गा अभाव भएकाले जग्गा खरिदका लागि महापुराण आयोजना गरिएको वडाअध्यक्ष दानीले जानकारी दिनुभयो ।

भारतीय दुतावासले भवन निर्माण गर्ने भनेपनि जग्गा अभावका कारण समस्या भएपछि महापुराणबाट संकलित रकमले जग्गा खरिद गर्ने लक्ष्यका साथ कार्यक्रम गरेको उनको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्