काठमाडौं, १९ फागुन २०७५ । सर्लाही सदरमुकाम मलंगवामा गए राति अज्ञात समूहले गोली प्रहार गरेर मलंगवा न।पा। वडा नं। ८ का ३१ वर्षीय मनोज यादवको हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसले ध्यानकर्षण जनाएको छ ।

तत्कालीन लोकतान्त्रिक विद्यार्थी फोरम, सर्लाहीको विद्यार्थी संगठनमा अध्यक्ष समेत रहेका यादवलाई गए राति ९ बजे अज्ञात समूहले फोन गरी बोलाएको र मलंगवा नगरपालिका वडा नं। ८ शीतभण्डार नजिक सडक छेउमा गोली प्रहार गरेर विभत्स तवरले हत्या गरेका थिए । उनको अहिले सर्लाही अस्पताल मलंगवामा पोष्टमार्टम गरिदैछ ।

नेपाली कांग्रेस उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आपराधिक व्यक्तिहरुको तत्काल खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारि विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय यादवप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्