भियतनाम, फागुन १६

भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोल्दै युद्ध हुन नदिने घोषणा गर्नुभएको छ । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने घोषणा गर्नुभएको हो ।

ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने पनि प्रष्ट पार्नुभयो । अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा उहाँको थियो ।

‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ । दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ । तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो ।

गत १४ फेब्रुअरीमा कश्मीरको पुलवामामा भएको आत्मघाती घटनापछि अमेरिकाले निन्दा गरेको थियो । त्यसपछि केही दिनअघि भारतले सोमबार मात्रै पाकिस्तानको बालाकोट क्षेत्रमा आफ्ना लडाकु जहाजबाट बम बर्साएको थियो ।

यसबीचमा आफ्नो भूमिमा आक्रमण गर्न आएका भारतका दुई लडाकु जहाजलाई खसालिदिएको दाबी पाकिस्तानले गरेको छ । खसालिएका दुई लडाकुमध्ये एउटाका पाइलटलाई पनि पाकिस्तानी सेनाले नियन्त्रणमा लिइसकेको छ ।

तनाव बढिरहेका बेला बुधवार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोसँग वार्ता गर्नुभएको छ । वार्ताका क्रममा पोम्पिओले पनि यस समस्याको समाधान वार्ताबाटै गरिनुपर्ने बताउनु भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समय भियतनाममार उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनसँग वार्ता गरिरहनुभएको छ । दुई नेताबीच सिंगापुरपछि यो दोस्रो शिखर वार्ता हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्