काठमाडौं, १६ फागुन २०७५ । पाकिस्तानी सैनिकको हिरासतमा रहेका भारतीय विङ्ग कमा‌ण्डर अभिनन्दनलाई शुक्रबार रिहाई गर्ने जानकारी पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दिएका छन् ।

आज बिहीबार पाकिस्तानी संसदमा विपक्षीहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री खानले विंग कमांडर अभिनंदनलाई शुक्रबार रिहा गरिने जानकारी दिनुभयो ।

उहाले आफू अझै पनि युद्धबाट भन्दा पनि शान्तिबाट समस्याको समाधान चाहेको भन्दै त्यसको लागि भारतले पनि शान्ति चाहनुपर्ने बताउनु भयो । सीमामा जारी गोलाबारुदले न त भारतलाई फाईदा हुने र पाकिस्तानलाई पनि फाईदा नहुने भन्दै उनले यदि दुबै देशले संयमता नअपनाउने हो भने युद्ध नरेन्द्र मोदी र आफ्नो पनि नियन्त्रणमा नहुने तर्फ सचेत गराएका छन् ।

बुधबार एक भारतीय युद्धपोत विमान पाकिस्तानी भूमिमा खसालेको पाकिस्तानी सेनाले विङ्ग कमा‌ण्डर अभिनन्दनलाई पक्राउ गरि आफ्नो नियन्त्रणमा लिएको छ ।

पाकिस्तानी सेनाको साथमा आफ्नो सैनिक पुगेपछि भारत केही दबाबमा देखिएको थियो । आधिकारिक रुपमा भारतीय सेनाका पाईलट भन्ने जानकारी भएसँगै भारतले उनलाई छुटाउनको लागि कूटनीतिक प्रयास सुरु गरेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्