गोरखा, १६ फागुन २०७५ । गोरखाको पालुङटार नगरपालिका ९ को धर्मोदय माविलाई जापानी संस्था किभोले विभिन्न सामाग्री उपलब्ध गराएको छ ।

विद्यालयको शैक्षिक विकासका लागि दुई सय पुस्तक सहित विज्ञान सामाग्रीहरु उपलब्ध गराएको हो ।

करीब दुई लाख रुपैयाँ मुल्य बराबरका सामान प्राप्त भएको शिक्षक कृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

शुशील पन्तको संयोजकत्वमा विद्यालय पुगेका स्वंयसेवकहरुले विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर मल्ललाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्