काठमाडौं, १६ फागुन २०७५ । ताप्लेजुङबाट मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकै शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमार्डौंका लागि उडेको छ । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव संकलन गरि काठमाडौं ल्याइएको हो ।

दुर्घटनास्थलबाट संकलन गरिएको शव लिएर ताप्लेजुङको सुकेटार विमानस्थलबाट हेलिकप्टर उडेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । उनका अनुसार बिहान ८ बजेतिर सबै शव संकलन सकिएको थियो । मौसममा सुधार नआएकोले हेलिकप्टर उडाउन नसकिएको हो । तस्विर : रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्