काठमाडौँ, फागुन १६ । काठमाडौँ उपत्यकामा आज भारी वर्षा हुनुका साथै वरपरका डाँडामा हिउँ परेको छ। यता भक्तपुरको नगरकोट लगाएत अधिकाश स्थानमा बर्षासँगै हिउँ परेपछि मानिसहरु हिउँ खेल्न घरवाहिर निस्केका छन् ।

नगरकोट छाडेर अन्य स्थानमा १२ बर्षपछि आज हिमपात भएको हो । यसअघि वि.सं. २०६३ साल फागुन २ गते भक्तपुरलगायत उपत्यकामा हिमपात भएको थियो ।

भक्तपुरका अधिकांश क्षेत्रमा बिहीवार बिहान ६ बजेर ४२ मिनेटदेखि ७ बजेर ०५ मिनेटसम्म लगभग आधा घण्टा हिमपात भएको हो ।

प्राय जसो हिउँ पर्ने भक्तपुरको नगरकोटमा भने पानी परेसँगै हिजो बेलुकादेखी नै हिउँ परेको छ ।

हिजो बुधबारबाट नै काठमाडौँ उपत्यका लगायतका धेरै स्थानमा असिना पानीसँगै हिउँ परेको थियो ।पछिल्लो केसी समयदेखि दोहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज चन्द्रगिरी लगाएतका स्थानमा भारी हिउँ परेको चन्द्रागिरी हिल्सले जनाएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्