काठमाडौं, फागुन १५

एयर डायनेस्टिक हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ ।

नागरिक उडडयन प्रँधिकरणले ६ जना कै निधन भएको पुष्टि गरेको छ । हेलिकप्टरमा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल रहनु भएको थियो ।

पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको छ । सुकेटार विमानस्थल टावरले हेलिकप्टर पौने १ बजेसम्म सम्पर्कमा रहेको जनाएको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार क्याप्टेन प्रभाकर केसीले सुकेटार टावरलाई पौने १२ बजे आफू पाथीभरा क्षेत्रमा रहेको जानकारी गराएका थिए।

त्यसको १ घण्टा पौने १ क्याप्टेन केसीले सुकेटार टावरलाई आफू रहेको क्षेत्रमा ुहेभ्भी स्नोफलु भएको बताएका थिए। प्रवक्ता तिवारीले सुकेटार टावरको भनाइ उद्धृत गर्दै भने, ‘यता मौसम खराब छ। हेभ्भी स्नोफल भइरहेको छ। म उड्न सक्दिनँ।

घटनास्थल पुगेका प्रहरी हवल्दार बेदकुमार अर्यालले घटनास्थलमा ६ जनाको शव फेला परेको जानकारी गराएका छन ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्