काठमाडौं, फागुन १५

पर्यटनमन्त्री सवार हेलिकोप्टर साढे १ बजेबाट सम्पर्कविहिन भएको हेलिकोप्टर दुर्घटनामा परेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथीभरा मन्दिर नजिक पुगेपछि बुधवार दिउँसो १ः३० बजे सम्पर्कविहीन भएको थियो ।

पाथिभरा क्षेत्रमा हेलिकप्टर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘हामीले धुवाँ उडेको ठाउँ देखेका छौँ, हिउँ पन्छाउँदै जानुपर्ने भएकाले समय लाग्छ’, ताप्लेजुङ प्रहरीले जानकारी दिएको छ । दुघर्टनामा परेको हेलिकप्टर पाथिभरामा ल्यान्डिङ गरेर फर्किँदै थियो । पाथिभरा जाँदा त्यो हेलिकप्टरमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी पनि सवार हुनुहुन्थ्यो ।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए। ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए। कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्