काठमाडौँ, १२ फागुन २०७५ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ ।

विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ ।

निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

काफ्ले समूहले ३२ वर्ष मूनिको तदर्थ समिति गठनको माग गर्दै आज बिहानैबाट नाराबाजी गर्दै आएको छ ।

यता, संस्थापन पक्षबाट उमेर हदको विपक्षमा ऋषिकेशजंग शाह नेतृत्वको टोलीले प्रशर्दन गरेको छ । उनीहरुले नेताहरुमाथि दुर्वव्यवहार गरेको पार्टीभित्र अनुशासन कायम हुनुपर्ने भन्दै प्रदर्शन गरेको हुन् ।

गत बिहिबार उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतमाथि काफ्ले समूहले दुव्र्यहार गरेको संस्थापन पक्षको आरोप छ । यद्यपि काफ्ले समूहले नेताद्वयले आफूहरु माथि हातपात गरेको दावी गर्दै आएको छ ।

जसकारण आज पार्टी कार्यालय प्रवेशमा कडाइ गरिएको छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई पार्टी कार्यालयको मुल गेट प्रवेशमा रोक लगाइएको छ ।

साथै अरु दिनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति पदाधिकारी, केन्द्रीय सदस्य र पत्रकारलाई मात्र प्रवेश गर्न दिइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्