काठमाडौं, फागुन ९

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेपाली राष्ट्रिय पोशाक दौरा–सरुवाल र टोपीमा देखिनुभएको छ । जिवनमा पहिलो पटक उहाले नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवालमा देखिनु भएको हो ।

प्रधानमन्त्री हुँदा समेत कोट पाइन्ट लगाउनु नेता भट्टराई अहिले भने दौरा–सुरुवालमा देखिनु भएको हो । खासमा उहाको जनशक्ति पार्टी अहिले पार्टीको आधारशिला खडा गर्न देश दौडाहामा छ । जनताको मन जित्न उहाले कहिले के त कहिले के गर्दै आउनु भएको छ । यसैक्रममा खसहरुको बाहुल्य रहेको कर्णाली प्रदेश प्रवेश गर्दा त्यहाको मन जित्न भन्दै दौरा–सुरुवालमा देखिनु भएको हो ।

भट्टराई स्वयमले पनि देश अनुसार भेष भनेर सामाजिक सञ्जालमा पेश गरेकाले यो कुनै राजनीतिक स्टन्टका लागि हो भनेर बुझ्न सकिन्छ । १० वर्षे सशस्त्र संघर्षबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गर्नुभएका बाबुराम ०६५ मा अर्थमन्त्री र ०६८ प्रधानमन्त्री समेत बन्नु भएको थियो । तर, त्यसबेला उहाले विभिन्न शब्द प्रयोग गर्दै यस्तो लुगा नलगाउने उद्घोष नै गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्