वीरगन्ज, फगुन ९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोईराला परिवारलाई चेतावनी दिनुभएकाे छ ।नेपाली कांग्रेस पर्साले ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा बुधबार वीरगन्जमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै देउवाले बंशको आधारमा पार्टी नचल्ने बताउनुभएकाे हाे ।

कांग्रेस नेता शेखर कोइरालाप्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएका सभापति देउवाले शेखर कोइरालाको पार्टीमा कुनै योगदान नरहेको भन्न समेत पछि पर्नुभएन । गत शनिवार वीरगन्जमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले गरेको स्व. गिरिजा प्रसादको जीवनीमा आधारित फोटो प्रदर्शनी र विचार गोष्ठीमा कोइराला परिवारका नेता महामन्त्री शाशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै गुट उपगुटले पार्टी ग्रस्त भएको बताउनुभएकाे थियाे ।

पार्टीभित्रको गुट उपगुटकै कारण पार्टी कमजोर भएकोमा भने देउवाले सहमति जनाउनुभयाे । ‘पार्टी भित्रका गुटउपगुट अन्त्य गरी पार्टी एकढिक्का भए कम्युनिष्टहरुले पार्टीलाई धक्का दिन नसक्ने उहाँकाे भनाई थियो । गत निर्वाचनमा नेपाली कांग्रेस हारेको नभई आफ्नै साथीभाइको घात अन्तरघातले कमजोर भएको उहाँले बताएउनभयाे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्