काठमाडौं, माघ २९ । चितवनको भरतपुरमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोग जुटाउन मलेसिया पुगेका हाँस्य कलाकर सिताराम कट्टेल (धुर्मुस) ले मलेसियामा आफुहरुलाई सोचेभन्दा बढि सहयोग पाएको बताएका छन्।

सिताराम कट्टेलले आफनो सामाजिक सञ्जाल फेसबुक मार्फत मलेसियामा प्राप्त आर्थिक सहयोग नेपाल आएपछि जानकारी जानकारी दिने भएका छन् ।

धुर्मुसले मलेसियामा सहयोग नपाएको र रितो हात लिएर नेपाल फर्कन लागेको भनेर प्रकाशित केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पारेका छन् । धुर्मुसले मलेसियामा रहेका नेपाली दिदिबहिनी दाजुभाइ हरुबाट सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएको बताएका छन् ।

भरतपुरमा निर्माण हुन लागेको गौतब बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ सहयोग जुटाउन धुर्मुस–सुन्तली साँझको लागी केही दिन अघि मात्र मलेसिया पुगेका थिए। झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ सहयोग पाउने विश्वास धुर्मुस–सुन्तलीले व्यक्त गरेका थिए।

“गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणको सहयोगार्थ जुन उदेश्य लिएर हामी मलेसिया आएका थियौं । मलेसियामा रहनु भएका नेपाली दिदिबहिनी दाजुभाइ हरु बाट हामीले सोँचे भन्दा पनि राम्रो साथ सहयोग र सदभाव पाएका छौं। यहि अभियान लाई लिएर फेरि केहि समय पछि मलेसिया आउने निम्तो पनि पाएका छौं यसले हामिलाइ थप हौसला मिलेको छ । यस पटकको यात्रामा प्राप्त सहयोग हामी नेपाल पुगे पश्चात् जानकारी गराउने छौं। केही भ्रामक समाचार हरुमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहान्छु। “धुर्मुस–सुन्तुलीले मलेसियामा प्राप्त सहयोगको जानकारी दिने बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्