काठमाडौं,२७ माघ २०७५ । नेपाली युवा खेलाडी सन्दीप लामिछानेले तीन विकेट लिएपछि मेलवर्न स्टार्स बीग ब्याश लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जित्नै पर्ने खेलमा मेलवर्नले सिड्नी सिक्सर्सलाई ९४ रनको फराकिलो अन्तरले हराएको हो ।

१६९ रनको लक्ष्य पछाएको सिड्नी सिक्सर्स १३.४ ओभरमा केवल ७४ रनमा समेटियो । सन्दिपले पहिलो तेस्रो र चौथो ओभरमा विकेट लिएका हुन् । उनले ३.४ ओभरमा ११ रन दिएर तीन विकेट लिएका हुन् ।

प्रतियोगितामा उनको यो ११ औं विकेट पनि हो । मेलवर्नले सेमिफाइनलमा होबर्ट हुरीकेन्ससग विहिवार प्रतिष्पर्धा गर्नेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्