फायल तस्वीर                                                   काठमाडौं:नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको दुबै समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुझाव दिएको छ ।अन्तरिम विधान र संगठनात्मक सवालका बारेमा सुझाव दिन र बैचारिक राजनीतिक प्रतिवेदनका बारेमा सुझाव गठित छुट्टाछुट्टै समितिले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाउँदै अप्रिल २२ तारेख अर्थात वैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यद्यपी यसबारे निर्णय भने पार्टी एकता संयोजन समितिको चैत २२ गते बस्ने बैठकले गर्नेछ ।
९गते नै पार्टी एकता घोषणा गर्ने वा अर्कै दिन गर्ने भन्ने विषयमा पार्टी एकता संयोजन समितिले निर्णय गर्ने एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्