काठमाडौं, २३ माघ २०७५ । सर्वोच्च अदालतले निजी क्षेत्रकै ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलसम्बन्धी ‘पुँजीगत लाभकर विवाद’ मा परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शसमशेर राणा तथा न्यायाधीशरू मिरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको वृहतपूर्ण इजलासले आज बुधबार उक्त परमादेश जारी गरी मलेसियाको आजियटाले लाभकर तिर्नुपर्ने परमादेश जारी गरको हो । सर्वोच्चको फैसलापछि अब लाभकर तिर्ने जिम्मा आजियटाको भागमा परेको छ ।

हालसम्मको पुँजीगत लाभकर, ब्याज, जरिवानालगायत हिसाब गर्दा अब आजियटाले नेपाल सरकारलाई ४२ अर्ब रुपैयाँबराबर लाभकर तिर्नुपर्ने छ । आजियटाले यसअघि नै १४ अर्ब रुपैयाँबराबरको लाभकर चुक्ता गरिसकेको छ ।

नर्वेको टेलियासोनेराले एनसेलमा रहेको आफ्नो नामको सेयर मलेसियाली कम्पनी आजियटालाई बिक्री गर्दा अर्बौं रुपैयाँबराबर लाभकर छली भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो । आजियटाले पुँजीगत कर तिर्नुनपर्ने भन्दै सर्वोच्चमा रिट दायर भएको थियो भने सामाजिक अभियन्ता द्वारिकानाथ ढुंगानसहितले हालेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले परमादेश जारी गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्