काठमाडौँ, २३ माघ २०७५ । केही दिनदेखि मौसममा सुधार भई तापक्रम बढेपनि आज साँझदेखि बदली हुने र पश्चिमी र मध्य भागका उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोली देशका अधिकांश स्थानमा वर्षा हुने, उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्नेतर्फ सचेत गराएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसमी विवरण सार्वजनिक गरेको छ । यसअनुसार शनिबारदेखिमात्र मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

माघ २३ गते (बुधबार)

राति : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको छ। साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ।

माघ २४ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु-भागको १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ।

माघ २५ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ।

राति : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ। देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्