जापान, 22 माघ २०७५ । नेपालका राष्ट्रिय बक्सिङ च्याम्पियन म्याक्स बस्नेत नेपाली राजदुताबासकी महामहिम राजदुत प्रतिभा राणाद्वारा सम्मानित हुनु भएको छ । सोही अवसरमा एन आर एन आइ सि सि अध्यक्ष भबन भट्टले समेत खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

नेपाली राजदुताबासको आयोजना र NRN-Japan तथा NBA-Japanको सहआयोजनामा भएको नेपालमा लगानी सम्बन्धी सेमिनार गरि कार्यक्रम भएको कुरा NBA-Japan का महासचिब पुष्कर जंग थापाले बताउनुभयो ।

महासचिब थापाकै अनुसार जापानको योकोहोमामा भएको मुराकामी प्रोफेशनल बक्सिङ च्याम्पियनशिपमा भाग लिन जापान आएका थिए ।

गत फेब्रुअरी ३ तारिख आइतवार भएको सो टूर्नामेन्टमा उनले जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भिड्दै पहिलो राउण्ड मै जित हात पारेका थिए ।

१४ पटकसम्म राष्ट्रिय बक्सिङ च्याम्पियन र ३ पटक सम्म बक्सिङ वेष्ट प्लेयर अवार्ड जितेका बस्नेतले ५ महिना अगाडिमात्र भारतीय राष्ट्रिय बक्सिङ च्याम्पियन असिदिप बुलरलाई हराएका थिए ।

बस्नेतले नेपालमा बक्सिङ असाध्यै राम्रो संभावना भएको खेल हुँदा हुँदै पनि बक्सिङ खेललाई हेर्ने दृष्टिकोण अझै नकरात्मक रहेको धारणा ब्यक्त गरे ।

राज्य र सम्बन्धित निकायको प्राथमिकतामा नपरेकै कारण नेपालले जति गर्नुपर्ने हो त्यति बक्सिङमा प्रगति गर्न नसकेको उनको धारणा थियो । तथापि नेपालमा बक्सिङ खेललाई एउटा मर्यादित, ब्यवसायिक र देशलाई चिनाउने खेलकोरुपमा बिकास गरेर देखाउन आफु प्रतिबद्ध रहेको बस्नेतले बताउनु भयो ।

समृद्धशाली राष्ट्रहरुलाई अरु क्षेत्रमा प्रतिस्पर्धा गर्न नसके पनि खेलको माध्यमबाट जितेर देखाउन सकिने र त्यो हैसियत नेपालको रहेको उनले जिकिर गर्नुभयो ।

फेब्रुअरी ३ तारिखका दिन योकोहामामा भएको टूर्नामेन्टमा समय मिलाएर सहभागी भई हौसला प्रदान गरिदिनु भएकेमा जापानबासी नेपाली समुदाय र NRN लाइ समेत बस्नेतले धन्यबाद दिएका छन् । जापानलाई नेपाल चिनाउने यो उपयुक्त अवसर पनि भएकोले बिदेश बस्ने नेपालीहरुको समेत अझैपनी सद्भाव, समर्थन र हौसला आवश्यक रहेको र नेपालमा पनी बिदेशमा जस्तै खेल लाइ ब्यबशायिक करण गर्न पर्ने कुरामा जोड दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्