२२ माघ २०७५ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंप ईरान माथि दबाब कायम राख्न र प्रत्यक्ष नजरको लागी इराकमा आफनो सैनिक राख्ने योजना बनाइरहेको छ । ट्रंपले आइतबार सीबीएस न्यूजलाई दिएको इन्टरभ्युमा भनेका छन् “म इराकमाथि हरेक प्रकृतिको नजर राख्न चाहन्छु । हामी ईरानमाथि लगातार नजर राख्न गइरहेका छौ । उसका कुनै ब्यक्तिले परमाणु हतियार वा अन्य चीज बनाउछ भने हामी त्यसको निगरानी गर्नेछौ ।”

पहिलादेखी नै अनुमान लगाईएको थियो कि अमेरिका चुपचाप इराकमा आफनो सैनिक तैनाथ गर्नको लागी त्यहाँका अधिकारीसँग वार्ता गरीरहेको छ । वार्ताको यो यात्रा धेरै दिनदेखी चलिरहेको छ । यद्यपी, यो पनि भनिएको छ कि सीरियामा आईएस विरुद्ध लडाईको लागी पनि अमेरीका इराकमा आफनो सैनिकको तैनाथी चाहन्छ ।

सीरिया र अफगानिस्तानबाट विस्तारै विस्तारै सेना फिर्ता बोलाउने निर्णय विच ट्रंपको यो निर्णयले अमेरिका–ईरान सम्बन्धमा जारी तनाबलाई अरु बढाउन सक्छ । पछिल्लो बर्ष अमेरीकाले आफैलाई ईरानसँग भएको ऐतिहासिक परमाणु सम्झौताबाट अलगाएको थियो । यसपछि ट्रंपले इरान माथि प्रतिबन्ध लगाएका थिए । त्यो बेलादेखी दुबै देश विचको सम्बन्ध धेरै नै खराब बन्दै गईरहेको छ ।

आईएस होइन ईरान बन्नेछ निशाना : इराकी सांसद
ट्रंपको बयानपछि इराकका सांसद जवाद अल–मुसावीले भने “अमेरिकी सरकारका अनुसार उ आईएस विरुद्ध हाम्रो लडाईमा मद्यत गर्नेछ । यद्यपी, उसले भन्दै आईरहेको छ कि उ हाम्रो रक्षाको लागी आउन लाग्दैछ तर साँचो कुरा त उ ईरानलाई निशाना बनाउनेछ । “

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्