चितवन,२१ माघ २०७५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई जिस्काउन खोज्नेहरु समाप्त भएर जाने चेतावनी दिनुभएको छ । प्रवक्ता शर्माले कांग्रेसलाई जिस्काउने राणा, पञ्चायत र राजा समाप्त भएको ईतिहास रहेको भन्दै काग्रेसलाई हलका रुपमा लिएर नजिस्काउन सरकारलाई चेतावनी दिनुभएको हो ।

जनावरकै रुपमा नेपाली कांग्रेसलाई हेर्न चाहनुहुन्छ भने कांग्रेस ईतिहासको बाघ हो । वर्तमानको पनि बाघ हो । सत्ता भन्दा बाहिर छ, तर फरक पर्दैन । नजिस्काउनु होला सुतेको बाघलाई । कांग्रेसलाई जिस्काउँदा राणा शासनको अन्त्य गरेको ईतिहास छ । राजा महेन्द्रको पञ्चायतलाई पनि कांग्रेसले तह लगायो । हिंसा गरेर जंगल पसेको माओवादीलाई सदनमा पु¥याउने पनि कांग्रेस हो, नेपाली कांग्रेस चितवनले सकारविरुद्ध गरेको प्रदर्शन सभालाई सम्बोधान गर्दै प्रवक्ता शर्माले भन्नुभयो,“ ईतिहासले सिकाएको छ, जस्ले कांग्रेसलाई जिस्काउँछ ऊ समाप्त हुन्छ ।

उहाँले सरकारले गलत काम गरेमा नेपाली कांग्रेसले संसद र सडकबाट शान्तिपुर्ण तरिकाले आन्दोलन गर्ने बताउनुभयो । यहाँले कांग्रेस प्रतिपक्षमा रहँदा सम्म सरकार गलत बाटोमा हिड्न नदिने प्रतिवद्धता समेत जनाउनुभयो । सभालाई सम्बोधन गर्दै नेता शर्माले वर्तमान सरकारलाई काम गर्ने सुनौलो अवसर रहेपनि सरकारले विकास गर्न नसकेको दावि गनुभयो । नेपाली कांग्रेसको पालामा जस्तो वर्तमान सरकारलाई काम गर्न गाह्रो नभएको भन्दै उहाँले वर्तमान सरकारले विकासको झुटा सपना मात्र बाडेको बताउनुभयो ।

“वर्तमान सरकारले नेपाललाई स्वीजरल्याण्ड बनाउने भनेर सपना बाडेको थियो, तर उत्तर कोरिया तर्फ सरकार अगाडी बढेको छ,”उहाँले भन्नुभयो, “सरकारमा दुई तिहाईको दम्भ देखिएको छ । त्यो धेरै समय टिक्न सक्दैन । ”

उहाँले देशमा नागरिकले सुरक्षित महशुस गर्न नसकेको भन्दै भष्ट्रचार गर्नेलाई सरकारले संरक्षण गरेको आरोप समेत लगाउनुभयो । फरक प्रसंगमा प्रवक्ता शर्माले चिकित्सा शिक्षा विधेयक सम्वन्धि डाक्टर गोविन्द केसी संग गरेको सझौता गरेको पनि पछि तोडमोड गरेर सरकारले आफ्नो विश्वास तोडेको उहाँको भनाई छ । नेपाली कांग्रेसले धेरै पटक चुनाव हारेको ईतिहास भएको भन्दै अहिलेको चुनाव हार्दा वितिकै आतिहाल्नु पर्ने अवस्था नआएको बताउनुभयो ।

यसैविच कोण सभा अघिको विरोध ¥यालीमा वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारका दोषीलाई र निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाहीको माग गरिएको थियो । विरोध ¥यालीका सहभागीले सरकारविरुद्ध कडा नारा लगाएका थिए । भरतपुरको चौबीसकोठीबाट विरोध ¥याली निस्केर लायन्सचोकहुँदै पुलचोकमा पुगेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्