१९ माघ २०७५ । अमेरिका र रूसबीच शीत युद्धकालीन समयमा भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि (आइएनएफ)बाट अमेरिकाले फिर्ता हुने घोषणा गरेको छ । उक्त सन्धिको रूसी पक्षबाट उल्लङ्घन भइरहेको आरोप लगाउँदै अमेरिकाले आफूलाई मात्र यो सन्धिको पालना गर्न बाध्यकारी अवस्था नहुने बताएको हो ।

शनिबार (२ फेब्रुअरी) देखि लागु हुने गरी संयुक्त राज्य अमेरिकाले आइएनएफ सन्धिका शर्त तथा नियमलाई नमान्ने र क्रमशः यसबाट फिर्ता हुने प्रक्रिया थाल्ने बताइएको छ ।

आइएनएफबाट फिर्ता हुने प्रक्रिया आगामी ६ महिनामा पूरा गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा जारी एक विज्ञप्तिमा बताइएको एएफपीले जनाएको छ ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले अमेरिकाले आइएनएफ सन्धिबाट फिर्ता हुनेगरी गरेका निर्णयको पूर्णतया समर्थन गर्ने जनाएको छ ।

नेटोमा संलग्न अमेरिका सहयोगी राष्ट्रहरूले आइएनएफबाट फिर्ता हुने निर्णयलाई पूर्णतया समर्थन गर्ने नेटोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्