काठमाडौँ, बुधबार, २० साउन२०७८ । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् ।

राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतीय ‘एसएसबी’ को संलग्नता रहेको बताए ।

‘जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा महाकाली नदीमा बेपत्ता भएको अवस्था छ । परिवारजनले उहाँको सास र लास फेला नगरेपछि कुसको शव बनाएर दाहसंस्कार गरेको घटनाले अत्यन्त पीडा भएको छ,’ उनले भने, ‘भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेकै कारणले जयसिंह धामी बेपत्ता भएका हुन् । अमानवीय, क्रुरर कार्यको घोर भत्र्सना गर्दछु । भारतले सार्वजनिक रुपमा क्षमा याचना गर्नुपर्छ । अबको दिनमा यस प्रकारको हेपाह प्रवृति नदेखाउन पनि माग गर्दछु ।’

सरकारले सो घटनाबारे छानविन समिति बनाएर परिपक्व कुटनीतिमार्फत संवाद गरौं भन्ने प्रयास थालेको भन्दै उनले आवश्यक पर्दा जस्तोसूकै कदम चाल्ने प्रतिबद्धता पनि सरकारका तर्फबाट आएकोमा स्वागत गरे । ‘यो ठिकै छ । तर छानविन समितिको प्रतिवेदन ल्याएर भारतसँग छिटोभन्दा छिटो यसबारे कुटनीतिक स्तरमा कुरा राख्ने काम गर्नुपर्छ,’ उनले भने ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्