काठमाडौं, बुधबार, २० साउन २०७८ । नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहेको बताउनुभएको छ । मंगलबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले ठूलोबुबा ९बिपी० र बुबा ९गिरिजाप्रसाद० को सपना साकार पार्न आफू नेतृत्वमा आउनुपर्ने बताउनुभएको हो ।

उहाँले २१औं शताब्दीमा विश्वका धेरै मुलुकमा महिलाले नेतृत्व लिइसकेको अवस्थामा देशकै पुरानो र लोकतन्त्रवादी दलको नेतृत्वमा महिला आउन जरुरी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब दलमा महिलाको भूमिकालाई बढाउनैपर्छ ।

त्यसकै नेतृत्व लिन म अग्रसर भएकी हुँ । मेरो प्राथमिकता महिलालाई राजनीति र पोलिसी मेकिङ तहमा पुर्‍याउनु हुनेछ । सँगसँगै राजनीतिमा युवाको प्रतिनिधित्व बढाउन पनि मेरो उम्मेदवारी रहेको छ ।’ कोइराला परिवारभित्रबाट महामन्त्री शशांक र नेता शेखरले पनि नेतृत्वको दाबी गरिरहेको सन्दर्भमा सोधिएको प्रश्नमा नेतृ सुजाताले परिवारबाट आफूमाथि सबैको विश्वास रहने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘सवाल नेपाली कांग्रेसको मात्र होइन । समग्र मुलुकको हो ।

यसबीचमा मुलुक समस्याले घेरियो । लोकतन्त्रवादी शक्ति कमजोर हुँदाका बेथिति सबैले देखेकै छौँ । यो अवस्थामा मैले उम्मेदवारी दिने तय गरेकी हुँ । आफ्नो परिवारभित्रका सबैबाट पूर्ण साथ र सहयोग पाउनेमा म विश्वस्त छु ।’ नेतृ कोइरालाले आफूले लोकतन्त्र बलियो बनाउने एजेण्डा पनि प्रस्तुत गर्नुभएको छ । आफू नेतृत्वमा आएमा लोकतन्त्रमा कहिल्यै कसैसँग सम्झौता नगर्ने योजना बनाएको उहाँले सुनाउनुभयो । उहाँले लोकतन्त्र कांग्रेसको फेस भएको बताउँदै ‘नेपाली जनता र कांग्रेस कार्यकर्ताको त्याग र बलिदानलाई कहिल्यै नभुल्ने’ बताउनुभयो । आगामी चुनावमा कांग्रेसले विगतमा गुमाएको वर्चस्व फिर्ता ल्याउन पनि उम्मेदवारी दिन लागेको उहाँको तर्क छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्