काठमाडौं, १८ साउन २०७८ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ ।

संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय गरेको हो ।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्