काठमाडौं, सोमबार, १८ साउन २०७८ । गृहमन्त्री बालकृष्ण खाँडले महाकाली नदीमा एक नेपाली युवा तुइनबाट खस्दा बे´पत्ता भएको जानकारी राष्ट्रिय सभाको बैठकमा दिनुभएको छ ।

खाँडले तुइनबाट खसेर युवा नदीमा बे´पत्ता भएको र खोजी जारी रहेको बताए पनि सांसदहरुले भने उक्त घ´ट्ना भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा काट्दा भएकाले सरकारसँग प्रष्ट जवाफ मागेका थिए ।

गृहमन्त्री खाँडले भने घटनको छानबीनका लागि समिति बनेको र समितिको प्रतिवेदन नआउँदासम्म केही भन्न सकिने अवस्था नरहेको भन्दै उम्कनु भयो ।

घटना छानबिन गर्न दार्चुलाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक वृजसिंह धामी र नेपाल प्रहरीका डिएसपी नरेन्द्रसिंह धामी घटनास्थल गएको तथा घटनाका प्रत्यक्षदर्शी अनिता धामी, विक्रम राङ्खोले र कल्याण धामीलाई जिल्ला ल्याइएको जानकारी उहाँले दिनुभयो ।

गृहमन्त्री खाँडले भन्नुभयो, ‘जयसिंहको खोजतलास गर्न जिल्ला सदरमुकाम र गाउँका नौवटा प्रहरी पोस्ट परिचालित छन् । सीमा सुरक्षाका पाँचवटा बेसबाट खोजी भइरहेको छ । घटनाको छानबिन गर्न १० दिन समय दिएका छौँ । केन्द्रमा गठित टोली आजै धनगढी प्रस्थान गरेको छ। छानबिनबाट सत्यतथ्य ल्याउने संकल्प गरेका छौँ ।’

संसदलाई घटनाको जानकारी दिँदै गृहमन्त्री खाँडले महाकालीको मालघाटमा तुइनबाट तर्ने क्रममा दुःखद, गम्भीर र संवेदनशील घटना भएको भन्दै संसदमा भन्नुभयो, ‘नेपालका केही नदीहरुमा अझै पनि तर्न तुइनको प्रयोग गर्नु परिरहेको छ । महाकाली नदीमा चारवटा तुइनहरूलाई विस्थापित गरेर झोलुंगे पुल निर्माण कार्य अघि बढिरहेको छ । महाकाली नदीमाथि मालघाटमा पनि झोलुङ्गे पुल बनिरहेको छ । तर अहिलेको असहज परिस्थितिले निर्माण भएको छैन । मालघाट तर्ने क्रममा दार्चुलामा दुःख गम्भीर र संवेदनशील घ´टना भएको छ ।’

साउन १५ गते बिहान ब्याँसका ३३ वर्षीय जयसिंह धामीसहितका व्यक्ति व्यास–२ बाट सदरमुकाम पुग्न तुइन तर्ने क्रममा घ´टना भएको भन्दै थप्नुभयो, ‘जयसिंह धामी महाकाली नदीको तुइन तर्ने क्रममा बेपत्ता भएको भनेर नरेन्द्रसिंह धामीसहितले निवेदन दिएका थिए ।

नेपालकै मालघाटबाट दार्चुला सदरमुकाम खलंगाका लागि हिँडेका उनीहरुले भारतको छोटो बाटो रोजेका थिए । नेपलको बाटोबाट जान दिनभरी लाग्छ । तुइनबाट पारी गएर धार्चुलाबाट पुल तरेर दार्चुला आउन एक डेढ घण्टा मात्रै लाग्छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्