पोखरा, माघ १८

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीका मुद्धा आफुहरु बोक्न तयार रहेको बताउनु भएको छ । उहाले केसीलाई अनसन तोड्न आग्रह गर्दै सो मुद्धा अब कांग्रेसले बोक्ने समेत स्पष्ट पार्नुभयो ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. केसीका मागलाई वर्तमान सरकारले सम्बोधन नगर्ने भन्दै अनसन छोड्न अनुरोध गरेको बताउनु भयो । ‘मुद्दा छोड्नुस् भनेको होइन । अनशन छोड्नुस भन्ने हाम्रो आग्रह हो’, उहाले भन्नुभयो, ‘भविष्यमा बन्ने कांग्रेस सरकारले डा. केसीले उठाएका माग पूरा गर्छ ।’

कांग्रेसले जिम्मेवारी प्रतिपक्ष भएकाले सभापति शेरबहादुर देउवाले भेटेर अनसन त्याग्न आग्रह गर्नुभएको जानकारी समेत गराउनु भयो । ‘डा.केसी अनशन बस्नुभाछ, उहाँको अनशनबाट सरकारले विधेयक परिर्वतन गरेन भने बुढा गइजालान् भनेर प्रतिपक्षीले त सोच्नु भएन’, उहाले भन्नुभयो, ‘सरकारले संवादसम्म पनि गरेन भने कांग्रेसले दुईवटा कुरामा ख्याल गर्नुपर्छ । एउटा तपाईको मुद्दा जीवन्त छ, हामी साथमा छौँ भनेर आश्वास्त पार्ने । अर्को तपाईको स्वास्थ्य कमजोर छ, अनसन तोडौँ । तपाईँका मुद्दालाई हामी सँगसँगै लैजान्छौँ भन्ने ।’ चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्