टोकियो, १८ माघ २०७५ । धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएर सहयोगका लागि आह्वान गरेको छ । गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले आर्थिक सहयोग अभियान संचालन गर्ने भएको छ ।

क्लवले यसभन्दा पहिला पनि धुर्मुस सुन्तली फाउण्डेसनले गर्दै आएका कार्यमा एक्यबद्दता जनाउदै आर्थिक सहयोग गरेको थियो ।

सन २०१५ देखि सक्रिय गल्कोट स्पोर्ट्स क्लव टोकियोले खेलकुदसंग जोडिने बिषय बस्तुलाई प्राथमिकता दिदै आईरहेको र धुर्मुस सुन्तली फाउण्डेशनले शुरु गरेको सामाजिक कार्य अत्यन्त राम्रो भएकोले उक्त कार्य सम्पन्न गर्नलाई साथ र सहयोग होस् भन्ने उदेश्यले यो अभियान सन्चालन गरेको क्लवले जानकारी दिएको छ ।

जापानमा रहने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई यस अभियानमा समर्थन गर्दै आफु सक्दो आर्थिक सहयोग गरीदिनका लागि गल्कोट स्पोर्ट्स क्लव टोकियोले अनुरोध गरेको छ ।

रकम जम्मा गर्नका लागि गल्कोट स्पोर्ट्स कल्व टोकियोको जापान पोष्टको खाता न:१०१७०-८६३०८७११उपलब्ध गराएको छ । साथै यो अभियान आजबाट शुरु भई फेब्रुवरी १५ मा अन्त्य गरि तुरुन्त धुर्मुस सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण गरिने छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्