सिमपानी अनलाइन मिडियाद्वारा संचालित सिमपानी न्युज आजदेखि दोस्रो बर्षमा प्रबेश गर्न सफल भएको छ ।

पहिलो बार्षिक उत्सबको अवसरमा तपाई सम्पूर्ण पाठकवर्ग, बिज्ञापनदाता, सम्पादक मण्डल, सहयोगी, नेपाल पत्रकार महासंघ,सम्बाददाता, प्रत्यक्ष तथा अ-प्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहन्छौ ।

देशको समाजिक, राजनीतिक, आर्थिक र अन्य क्षेत्रको स्थूल स्वरूपलाई विवेचनात्मक दृष्टिबाट अथ्र्याइएमा मात्र जनताले देशको गति र शासनको नियत बुझ्ने विश्वास लिएर त्यसको भित्री एवं समग्र स्वरूप जनता समक्ष प्रस्तुत गर्ने जमर्कोमा यो अनलाइन खबर पत्रिका सिमपानी न्युज उपस्थित भएको छ ।

तपाई पाठकवर्गको चाहना अनुरुप, जनताको जीवनको अधिकार, सम्पत्तिको अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार रक्षाका मूल्यमा कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रतिबद्धताका साथ जनसञ्चारको आधुनिक माध्यम प्रयोग गरेर विभिन्न असहज परिस्थितिहरुलाई पनि सहज रुपमा लिदै यात्राका अझ फराकिला बाटाहरु बनाउदै युद्द गतिमा हामी सशक्त रुपमा अगाडी बढी रहेका छौ ।

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । खानेपानी, बिजुली, इन्धन, यातायातजस्ता जनताका आधारभूत समस्याभन्दा अरू राष्ट्रिय आवश्यकता ठूला वा महत्वपूर्ण हुँदैनन् र मानिनु हुँदैन भन्ने हाम्रो मान्यता हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो र सञ्चारको सुविधाबाट जनसाधारण विमुख हुनुहुँदैन ।

भ्रष्टाचार, कालोबजारी, करछली र जनतालाई आर्थिक, सामाजिक तथा शारीरिक शोषण गर्ने कुनै पनि समूह, व्यक्ति वा प्रवृत्तिविरूद्ध समाजलाई जागरुक बनाउने एउटा अभियानकै रूपमा सिमपानी न्युजलाई यसका शुभचिन्तकले मान्ने र माया गर्ने विश्वास हामीले लिएका छौँ ।

देश र विदेशमा रहेका नेपाली र नेपालका शुभचिन्तकलाई नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुनुमा सिमपानी न्युजको दैनिक क्रियाकलाप हुनेछ ।

तपाईहरुको समय समयमा दिनु भएका राय सल्लाह, सुझाब एब प्रतिक्रियाहरुलाई हामीले हाम्रो मार्गदर्शन बनाएका छौ । आगामी दिनमा पनि तपाईहरुको राय सल्लाह, सुझाब एब प्रतिक्रियाको अपेक्षा गरेका छौ ।

हामी पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनै पनि अवस्थामा सम्झौता नगर्ने र स्वस्थ समाचार, मनोरञ्जन, बिचार, प्रवास, खेलकुद र जीवनका विविध आयामका विभिन्न रंग समेट्दै पाठकका इलेक्ट्रोनिक काँचका पर्दामा इन्द्रधनुष उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्छौँ ।
अध्यक्ष
बिमल भट्ट
तथा सिमपानी अनलाईन मिडिया परिवार

२०७५ साल माघ १८ गते शुक्रबार ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्