गोरखा १५ माघ २०७५ । गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका २ स्थाई घर भएका अग्नि लामिछाने का छोरा १७ बर्षका केशब लामिछाने आर्थिक अभाबका कारण उपचार गर्न कठिन भएको समाचार सिमपानी न्युज मार्फत सहयोगको अपिल गरेका थियौ ।

आर्थिक अवस्था कमजोर भएका घरायसी समस्याले गर्दा आफ्नो कलिलो उमेर लाउलाउ र खाउ खाउ भन्ने उमेरमा पढाई र परिवारबाट घर परिवार लाई सुख दिन कमाउन भनि भारत गएका थिए ।

दु:ख गरेर काम गरेर अलि अलि कमाउदै आएका थिए , गरिबको घरमा नुन तेल र चुलो बलेकोमा पापी दैबको आखा लाग्यो । भारतमा उनि दुर्घटनामा पर्नु भयो । उनि हिड्दै गर्दा उनलाई बाटोमा गाडीले हानेर उपचारको क्रममा एउटा खुट्टा काट्नु पर्‍यो । उनि काम गरेको कम्पनिले २ महिनासम्म भारतमा उपचार गराइ हल्का घाउ निको भएपछि नेपाल फर्काइदियो ।

विदेशमा खुट्टा गुमाएका गोरखा केशव लामिछानेलाई अमेरीकामा रहेका नेपालीहरुबाट ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।अमेरीकामा रहेको गोरर्खालीहरुले सहयोग रकम उठाएर पठाएका थिए । उत्त रकम एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ पिडित लामिछानेलाई हस्तान्तरणगर्नु भयो ।

आर्थिक अवस्था कमजोर भएका घरायसी समस्याले गर्दा आफ्नो कलिलो उमेर लाउलाउ र खाउ खाउ भन्ने उमेरमा पढाई र परिवारबाट घर परिवार लाई सुख दिन कमाउन भनि भारत गएका थिए ।

चेत प्रसादअंगाईले रकम हस्तान्तरण कार्यक्रममा अमेरीकामा रहेका तुलसी प्रसाद अंगाई, सरोज स्वडारी, ठाकुर अंगाई, बासु लामिछाने, कमल लामिछाने समेतले फेसवुकबाट अभियान सञ्चालन गरेर संकलित रकम प्रजिअ मार्फत पिडित समक्ष वुझाएका थिए ।

रकम हस्तान्तरण गर्दै प्रजिअ श्रेष्ठले एउटा खुट्टा गुमाएदैमा हिम्मत नहार्न लामिछानेलाई आग्रह गर्दै आफ्नो तर्फबाट सहयोग आवश्यक परे निधक्क भएर भन्न समेत आग्रह गरेका थिएँ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्