मलेसिया, माघ १५ | मलेसियाको एक कम्पनीले तलब दिन छाडेपछि त्यहा कार्यरत नेपाली हडतालमा उत्रिएका छन् । दुई महिनादेखी तलब नदिएपछि उनिहरु हडतालमा उत्रिएका हुन् ।

मलेसियाको सेलंगरमा रहेको डब्लु आर पी एसिया प्यासिफिक ग्लोभ कम्पनीले दुई महिनादेखी तलब नदिएपछि बाध्य भएर हडतालमा उत्रनु परेको नेपालीहरुले बताएका छन् । दुई महिनादेखि कम्पनीले तलब नदिएकाले काम छाडेर हडताल गरेको कम्पनीमा कार्यरत मदन विष्टले बताए । उनका अनुसार सो कम्पनीमा झण्डै २ हजार नेपाली कामदार रहेका छन् । उनिहरुले कम्पनी परिसरमै बसेका छन् ।

कम्पनीले तीन महिनामा बल्ल एक महिनाको तलब दिएको र बाँकी तलब माग्दा आनाकानी गर्दै नदिएपछि काम छाडेर हडतालमा उत्रनु परेको पीडितको भनाई छ । तलब नपाएर हडतालमा उत्रिनु पर्ने अवस्थामा पुग्दा पनि नेपाली दूतावासले बेवास्ता गरेको पीडितको गुनासो छ ।

हडताल गरेको कम्पनी
यसैविच, श्रम काउन्सेलर बद्रीबहादुर कार्कीले श्रमिकको अवस्था बुझ्नका लागि श्रम सहचारीको नेतृत्वमा टोली पठाइएको जानकारी दिनुभएको छ । दूतावासबाट हड्तालस्थल पुग्न झन्डै दुई घण्टा लाग्नेछ । ‘सकभर वार्ताबाटै समस्या समाधान गर्न प्रयासरत हुनेछौँ । वार्ता नमिलेमा कानुनी प्रक्रियामा जानेछौँ’, उहाले भन्नुभयो । कम्पनीले हातमा लगाउने पञ्जा उत्पादन गर्छ । पछिल्लो समय यो कम्पनी नेपाल सरकारले कालो सूचीमा राखेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्