पोखरा-  प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले बल्ल पूर्णता पाएको छ। सोमबार ३ मन्त्री थपिएपछि पूर्णता पाएको हो।
थपिएका मन्त्रीमा एमालेका प्रदेश ४ का इन्चार्ज किरण गुरुङ, म्याग्दीकी नरदेवी पुन र पर्वतका विकास लम्साल छन्। गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका छन्। त्यसैगरी पुनले सामाजिक विकास मन्त्री र लम्सालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जिम्मेवारी पाएका हुन्। यसअघि उद्योग मन्त्रीको जिम्मेवारी सम्हालेका रामशरण बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाइएको छ।
एमालेको आन्तरिक असहमतिले १ महिनासम्म मन्त्री मण्डल विस्तार हुन सकेको थिएन।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्