काठमाडौँ, १३ माघ २०७५ । चिकित्सा शिक्षा विधेयक पारित भएपछिको नयाँ रणनीतिका बिषयमा नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा आज छलफल हुने भएको छ ।

गत बिहीबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको बैठक अहिले केहि बेरमा बस्दै छ ।

विधेयकका भएका राम्रा र नराम्रा पक्षहरुको विश्लेषण गर्दै यस सम्वन्धी आन्दोलनलाई कसरी अगाडी बढाउने भन्ने बारेमा आज छलफल हुने नेताहरुले बताएका छन् ।

साथै आमरण अनसनरत डा गोविन्द केसीको बाँकी मागहरु र उहाँको जीवन रक्षाका लागि आवश्यक पहल गर्ने बारेमापनि काँग्रेसले छलफल गर्ने भएको छ ।

काँग्रसे नेता चन्द्र भण्डारीका अनुसार संवैधानिक प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई धज्जी उडाउने काम भइरहेकाले त्यस विरुद्धमा पार्टीे जनता जगाउनेगरी अगाडी बढ्ने छ ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्मा प्रतिपक्षले वेल घेराउ गर्दासमेत सभामुखबाट संसद्को कारबाही अघि बढाइएको, बिषयमा काँग्रेसले छलफल गर्ने भएको हो ।
यस्तै पार्टीका नेताका नाममा स्थापित अस्पताललाई संघबाट हटाइएको घटनाले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको निष्कर्ष छ ।

संसदमा सभामुखको भूमिकाप्रति पनि कांग्रेस आक्रामक भएको छ । भएका सहमती विपरित र घेराउका बीच सभामुखले संसदीय कारबाही सुरु गरेकोमा आक्रोशित बनेको हो । केन्द्रीय कार्यसमिति बैठकमा सभामुखको भूमिकामाथि छलफल हुने नेताहरुले बताएका छन् ।
विपक्षी दलका नेता तथा काँग्रस सभापति शेरबहादुर देउवाले पनि सभामुखको निष्पक्ष भूमिका नभएको र पदको दुरुपयोग गरेको ठहर गर्नु भएको छ ।

काँग्रेसले तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने यसअघि नै बताउदै आएको छ ।
त्यसैगरी पार्टीको विधान र नेपाल विद्यार्थी संघको बारेमा भने आज छलफल भएपनि निर्णय नै हुने संभावना भने कम रहेको नेताहरुले बताएका छन् ।

यसै बिच नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधनी लगायत देशभरि प्रदर्शन गरिरहेका छ । नेविसंघले काठमाडौको पशुपति बहुमुखी क्याम्पस अगाडी प्रधानमन्त्री केपी केपी ओलीको पुत्ला समेत दहन गरेको छ ।
आज विहानै उपत्यकाका पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, लगायतका कलेज अगाडी प्रधानमन्त्रीको पुत्ला दहन गरिएको संघका महामन्त्री कुन्दराज काफ्लेले बताउनु भयो ।

प्रदर्शनकै क्रममा नेविसंघका नेता तथा कार्यकर्तालाई समेत प्रहरीले पक्रउ गरेको महामन्त्री काफ्लेले जानकारी दिनु भयो । विभिन्न क्याम्पसबाट संघका दर्जनौ नेता पक्राउ परेका छन् ।

महामन्त्री काफ्लेले भने,’आइतवार विहानैदेखी काठमाडौं उपत्यका लगायत देशैभरिका क्याम्पस अगाडी प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज प्रदर्शन गरिएको हो । आजै माईतीघर मण्डलामा भेला भई सरकारको पछिल्लो कदमको विरोध गर्ने कार्यक्रम छ ।

डा। गोबिन्द केसीको अनशन, निर्मला प्रकरण, र काँग्रेस नेताका नाममा खोलिएका अस्पताललाई सरकारले बेवास्ता गरेको विषयमा प्रदर्शन गर्न लागिएको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्