जापान, १२ माघ २०७५ । जी पी कोइराला फाउण्डेशन जापानको अध्यक्षमा नेपाली कांग्रेसका नेता कुमार कार्की चयन हुनु भएको छ ।

उहालाई सन् २०१९ जनावरी २४ मा फाउण्डेसनले नियुक्ति दिँदै २ वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष एवम पूर्व प्रधानमन्त्री स्व:गीरिजाप्रसाद कोइरालाको स्मृर्तिमा स्थापित तथा पुर्व उप-प्रधानमन्त्री एवम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला अध्यक्ष रहेको जि पी कोइराला फाउण्डेसनले बिधिवत् रुपमा जापानमा नयाँ कार्य समितिलाई पूर्णता दिँदै कार्कीलाई अध्यक्ष चयन गरेको हो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्