गोरखा, ९ असार २०७८ । गोरखाको शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।

नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष रमेशबाबु थापाले प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले पूर्वाधार तर्फ संघीय सरकारसँगको साझेदारीमा देउराली ओयाक रानीस्वाँरा तीनघरले चिसापानी तीनमाने सडक स्तरोन्नतिका लागि दुई करोड आठ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

जेष्ठ नागरिकको घरघरमा स्वास्थ्य जाँच, गर्भवती महिलाको स्थानीय स्वास्थ्य संस्थामा भिडियो एक्सरे सेवा दिने नीति गाउँपालिकाले लिएको छ । कम्तिमा एउटा स्वास्थ्य संस्थाबाट फार्मेसी सेवा सुरु गर्ने, २४ सै घण्टा सेवा दिने रणनीति बनाउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।

गाउँपालिकाको प्रशासकीय भबनका लागि दुई करोड, वडा नम्बर १ र ९ को नयाँ भबन निर्माणका लागि बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवनबहादुर आलेले बताए । ती दुईवटा वडामा भबन बनेपछि शहीदलखन गाउँपालिका भित्रका सबै वडामा नयाँ भबन हुने उनले बताए ।

सबै वडाका एक÷एक वटा मूख्य सडकलाई गौरबको योजनाका रुपमा बजेट बिनियोजन गरिएको छ । शहीदलखन किल्ला चुलेभीर भ्यूपार्क, मनकामना केबलकारको माथिल्लो चेरेसदेखि मन्दिरसम्म ढुङ्गा बिछ्याउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत आलेले बताए ।
गाउँपालिकाले गणीत सुधार वर्षको रुपमा विद्यालयहरुमा अतिरिक्त कक्षा संचालन गर्ने र शिक्षकलाई प्रोत्साहन गर्ने भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्