पोखरा, ९ असार २०७८ । गण्डकी सरकार गठनका क्रममा प्रदेश तहमा मन्त्रालय विभाजन टुंगो नलागेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काठमाडाैं पुगेका छन् ।

सत्ता साझेदार पार्टीहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केन्द्रीय नेतृत्वबाटै मन्त्रालय विभाजन हुने भएको छ ।

पटक पटकको बैठकले निष्कर्ष नदिएपछि प्रदेशका नेताहरुले केन्द्रलाई गुहारेका हुन् । सोमबारसम्म बसेको तीन दलको बैठकले कुनै टुंगो निकालेन । जेठ २९ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएपछि पोखरेलले आफ्नो मन्त्री मण्डलमा ४ मन्त्रीहरु थपे । तर कार्यजिम्मेवारी दिएनन् । मन्त्रीमण्डल बनेको १ साता कटिसक्दा समेत थप विस्तार र कामको बाँडफाँट हुन सकेको छैन ।

प्रदेशमै पटक पटक प्रयास गर्दा भागबण्डा मिलाउन नसकेपछि मुख्यमन्त्री पोखरेल काठमाडौं गएका हुन् मंगलबार बिहान संसदीय दलको बैठकले केन्द्रसँग समन्वय गर्न सुझाव दिएपछि त्यहि म्याण्डेट लिएर पोखरेल केन्द्रीय नेता भेट्न गएका हुन् । ‘एक पटक केन्द्रसँग समन्वय गरेर मन्त्री मण्डल विस्तार गर्न सजिलो हुन्छ भन्यौं । त्यहि म्याण्डेट लिएर उहाँ जानुभएको छ,’ सांसद विष्णुप्रसाद लामिछानेले भने, ‘भोलि फर्कनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्