काठमाडौं, बिहिबार, ९ असार २०७८ । अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइट बन्द गरेको छ ।

इरानबाट सञ्चालित वेबसाइटहरुले मंगलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नि’यन्त्रणमा लिएको सूचना राखेको छ । अमेरिकाको अ’नुसन्धान ब्यू’रो र वित्त विभागले नि’यन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ । उक्त वेबसाइटले दु’ष्प्रचार गरेको अमेरिकी आरोप छ ।

परमाणु सन्धी सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाब हाल बढ्दो अवस्थामा छ । अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ । त्यसैगरी, इरानको क’ट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि समेत अमेरिकाले पकड बनाएको छ ।

मंगलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, “अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नि’यन्त्रणमा लिएको छ ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्