काठमाडौं, बिहिबार, ९ असार २०७८ । ललितपुर महानगरपालिकाले बुधबार ७७ वर्षमाथिका ज्येष्ठ नागरिकलाई को’रोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ ।

ललितपुर वडा नम्बर ५, ६, ७, ८, १२, १४, १५, १७ र १९ का नागरिकले लगनखेल (पशु सेवा केन्द्र, पशु अस्पताल)मा गएर खोप लगाउनुपर्नेछ।

त्यस्तै वडा नम्बर १, ९, १०, ११, १६ र २० का नागरिकले पाटनढोका (पाटन हाइस्कुल)मा, वडा नम्बर २, ३, ४ र १३ का नागरिकले ललितपुर महानगरपालिका प्रांगणमा र वडा नम्बर २३ र २४ का नागरिकले धापाखेल स्वास्थ्य चौकीमा गएर खोप लगाउनुपर्ने बताइएको छ।

महानगरीय खोप समन्वय समितिको सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ७७ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको खोप लगाउने निर्णय गरेको हो ।

महानगरले ७७ वर्ष माथिका दुई हजार २२० जना कोभिसिल्डको दोस्रो मात्राको खोप दिन लागेको हो। खोप बुधबार बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुनेछ। यसका लागि महानगरपालिकाले आठ वटा खोप केन्द्र तोकेको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्