काठमाडौं, मंगलबार, ८ असार २०७८ । चर्को हवाई भाडा असुल गरिरहेका ट्राभल कम्पनीहरूमाथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानविन गर्ने भएको छ ।

चर्को भाडादर असुली सम्वन्धी गुनासोको छानविन गरी कारवाही सिफारिस गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम अन्तर्राष्ट्रिय उडान भइरहेको अवस्थामा केही ट्राभल एजेन्सीहरुले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को भाडा असुल गरिरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्