काठमाडौं, आइतबार, ६ असार २०७८ । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका हुन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अ’भद्र व्य’वहारको क’सूरमा अनुसन्धानका लागि प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दु’र्व्यवहार गरेको पनि आरोप छ ।

झालाई उनले सरुवा गराइदिने ध’म्की दिंदै रं’गभेदी अ’भिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्