भारत, १० माघ २०७५ । भारतमा कंग्रेस पार्टी अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी छिन् ।

भारतमा हुन लागेको आमनिर्वाचनको पूर्वसन्ध्यामा गान्धी परिवारकी वशंज प्रियंकालाई कंग्रेसले महासचिव नियुक्त गरेको हो ।

भारतमा आगामी अप्रिल र मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनमा अहिलेको प्रतिपक्षी दल काँग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारलाई चुनौती दिन महत्वपूर्ण अस्त्रको रुपमा प्रियंकालाई राजनीतिक मैदानमा उतारेको राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

आगामी निर्वाचनको अभियानमा प्रियंकाले कंग्रेस पार्टीलाई थप ऊर्जा दिने विज्ञहरूले अनुमान गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्