काठमाडौं, ६ असार २०७८ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तय भएसँगै काँग्रेसमा पार्टी सभापति लगायत अन्य पदहरुमा प्रत्यासी उम्मेदवारहरुको दौडधूप चलिरहेको छ ।

काँग्रेस नेता भीमसेनदाष प्रधानका अनुसार काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आफू पुनः १४ औं महाधिवेशनमा पार्टी सभापतिको लागि दाबी गर्नुभएको र सो अनुरुप पार्टी सभापति देउवा नेता, कार्यकर्ताहरुसँग निरन्तर छलफलमा हुनुहुन्छ ।

१३ औं महाधिवेशनमा काँग्रेस सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको प्रतिस्पर्धा भएको थियो ।

जसमा काँग्रेस नेता सिटौलाको भोट देउवा पक्षमा गएपछि देउवा पार्टी सभापतिमा विजयी हुनुभएको स्मरण गर्दै काँग्रेस नेता प्रधानले १४ औं केन्द्रीय महाधिवेशनमा सभापतिका लागि अहिलेसम्म सात जना आकांक्षीहरु रहेको बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्